राजनिती

महिला उम्मेदवारलाई जित दिलाउने गरी तयारी गर्नुपर्छ : देउवा

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई जीत दिलाउनेगरि आगामी निर्वाचनमा तयारी गर्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको लैंगिक समानता अभिवृद्धिका लागि भावी कार्ययोजना निर्माण बिषयक गोष्टीमा बोल्दै सभापति देउवाले कांग्रेसका महिला उम्मेदवारले कम जित्ने गरेको भन्दै आगामी निर्वाचनमा उनीहरुको जीतको सुनिश्चिता हुने गरि तयारी गनुपर्ने बताएका हुन् ।

उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको जनाए। देउवाले समावेशी समानुपातिक रुपमा महिलाहरुलाई बिभिन्न निकायमा उचित स्थान दिइएकाले महिलाहरुको भूमिका सशक्त हुने दाबी गरे ।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गर्दै बलियो बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीभित्र गठबन्धन गरे कुनै पनि शक्तिले कांग्रेसलाई हटाउन नसक्ने तर्क गरे । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद लगाएतका बिषयमा कांग्रेसले गर्ने कुरा अरु दलले गर्न नसक्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धुमा कांग्रेसमाथि आरोपै आरोप आउँदा चुप लागेर बस्न नहुने बताए। उनले सो प्रकरणमा कांग्रेसले कमिसन खाएर जग्गा बेचेको छ भने फाइल खोलेर छानविन समिति बनाउन एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिए ।

उनले सहकारी प्रकरणमा छानविन समिति बनेपछि गृहमन्त्रीले राजीनामा नदिएर नैतिकता नराखेको जिकिर गरे। यद्दपि उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा भने माग नगरेको स्पष्ट पारे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.