समाचार

महानगरले लगायो सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला

By अर्जुन भट्टराई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउदै ताला लगाएको हो ।

यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो । महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायीक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीति अनुसार ताला लगाएको जानकारी दिए । महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र

उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए । यसअघि महानगरले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.