राजनिती

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

By अर्जुन भट्टराई

जनकपुर । मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।  आजको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरी पारित भएपछि असार १ गते बजेट ल्याउनुपर्ने छ । यहाँ केही दिनअघि जनमत पार्टीको नेतृत्वमा मधेश सरकार गठन भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.