राजनिती

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

By अर्जुन भट्टराई

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मत सम्बन्धी प्रस्तावमा भएको मतबिभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने बिपक्षमा ३५ मत प्राप्त भएको थियो । त्यस्तै ३ सांसद तटस्थ बसेका थिए । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.