समाचार

पहिराेले अरनिकाे र बीपी राजमार्ग अवरुद्ध, एकतर्फी सुचारु

By अर्जुन भट्टराई

काभ्रे । गए रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे पहिराेले काभ्रेका अरनिकाे र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।


आज बिहान करिब ११ बजे काभ्रेपलाञ्चोककाे धुलिखेल नगरपालिका वडा नम्बर ७ डम्पिङ साईड नजिकै अरनिको राजमार्गमा सडकभन्दा  माथिबाट पहिरो आउँदा  रुख ढलेर  बिजुलीको तार चुँडिएकाे थियाे ।  साथै सडक पनि अवरुद्ध भएकाेमा हाल एकतर्फी सुचारु भएकाे प्रहरीले जनाएकाे छ ।

विद्युत प्राधिकरणका कर्मचारीले अवरुद्ध विद्युत सुचारु गराउने प्रयास गरिरहेका छन् । उता काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका वडा नम्बर ११ माम्तिस्थित बीपी राजमार्गमा अविरल बर्षाका कारण खहरे खोलाबाट लेदोसहितको बाढी आई बाटो दुईतर्फी नै अवरोध भएको छ।

साे स्थानमा ट्राफिकसहितको प्रहरी टोली खटिएर गएको र स्थानीय निकाय तथा सडक बिभागसँग समन्वय गरि बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएकाे छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.