मनोरंजन

डेउडा गित“महलको वन रैछ” सार्वजनिक (भिडियोसहित)

By अर्जुन भट्टराई

काठमाडौँ । अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईले रचना गरेको डेउडा गित “महलको वन रैछ“ सार्वजनिक भएको छ । जसमा लय तथा एरेन्ज धर्मभट्टराईको छ । गीतमा सुनिल नेपाली र गौरी भट्टको सुमधुर स्वर सजिएको छ ।

निर्देशक रमेश बिजुली बि.सीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा दिनेश नेपाली र कोपिला सिंहको अभिनय रहेको छ । भिडियोको रंग संयोजन तथा सम्पादन शंकर साउद र गणेश साउदले गरेका हुन् ।

गितका स्रजक हरिलालले भने “ महलको वन रैछ“ डेउडा गित एक विदेशबाट छुट्टीमा घर जादा कुनै मेलापर्वमा आफ्ना वचपनका दौतरीहरु (बचपनमा नजानिदो ढङ्गले हुने प्रेम हुने वा मन परेको मान्छे अहिलेका युवाहरुले भन्ने बालकपनको क्रस) भेट हुदा के कस्ता कुराकानी होलान भन्ने विषयमा बसेर लेखिएको डेउडा खेल हो ।

डेउडा खेल एउटा सामान्य विषयमा पनि घण्टौ सम्म चल्छ। त्यो ७÷८ घण्टामा गरिने प्रश्न÷उत्तर÷प्रतिउत्तर हरुलाई जम्मा जम्मी १४ वटा टुक्का÷१६ मिनेटमा संक्षिप्तिकरण गरिएको छ ।

मैले डेउडा साहित्य बुवाबाट पाएको अमुल्य थात हो। उनले भने , बुवा भन्नुहुन्छ“ डेउडा भनेको गुहिलो भाका र गहिरो भाव हुनुपर्छ।“ मैले आफै पात्र बनेर गहिरो भाव भरेर कथा भन्न कोसिस गरेकोछु। धर्म दाइ, सुनिल र गौरीले भाकालाई गुहिलो बनाउनु भएको छ। भिडियोसंग सम्बन्धित साथिहरुले भिडियो मार्फत कथा प्रस्ट्याउने कोसिस गर्नु भएको छ ।

मलाई डेउडा गितमा आईरहेका बिकृतिहरुलाई हटाएर सभ्य, भब्य डेउडा मार्फत समाजका धेरै कथाहरु भन्न मन छ । हजुरहरुको साथ रहेछ भने जुन पुराहुनेछ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नु होला ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.