काठमाडौँ । चर्चित निर्देशक जिबी आग्रीको निर्देशन रहेको नयाँ गीत ‘निरमाया’मा प्रियंका कार्की र सलिना खत्रीसँग अभिनेता आशीर्वाद क्षेत्रीले दोहोरो रोमान्स गरेको देख्न सकिन्छ । जसमा
गायक कृष्ण विक र गायिका स्मिता दाहालको युगल स्वर रहेको छ ।
प्रेमिल भावको यस गीतमा शब्द तथा संगीत भीम विसीको रहेको छ भने ‘निरमाया’को भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।
सञ्जय लामाले छायांकन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।
