अर्थ

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । आज साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ हजार रुपैयाँले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भरहेको छ । महासंघका अनुसार आज तेजाबी सुन एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.