राजनिती

गृहमन्त्रीले हुकुमी शासन देखाउनु भयो : सांसद खतिवडा

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका हुन् । उनले मुलुकलाई कानूनी शासनअनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउन नहुने बताए । उनले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गरे । उनले गृहमन्त्रीलाई पत्रकार हुँदा जस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे ।

उनले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.