काठमाडौँ । विगत एक दशक देखि कलाकारिता क्षेत्रमा अमूल्य योगदान दिँदै आएका गायक तथा मोडल मनिष श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई मनिष श्रेष्ठ नामक युट्युब च्यानलमार्फत सोमबार बजारमा ल्याइएको हो । जसमा गायक मनिष श्रेष्ठ र गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ ।
भिडियोमा गायक श्रेष्ठ, एलिसा बालकोटी, आस्था राउत र अर्क खड्काको दमदार प्रस्तुती रहेको छ । गीतमा गायक श्रेष्ठकै संगीत संयोजन र निर्देशन तथा कोरियोग्राफीमा तयार रहेको यस गीतमा अशोक बिष्टको शब्द रचना छ ।
गीतको म्यूजिक भिडियो पवन सुसलिङले सम्पादन गरेका छन् भने जीवन बडुले मिक्सिङ गरेका हुन् । गायक श्रेष्ठका ‘चिनो मायालाई जाले रुमाल’ ‘कालो चस्मा’, ‘चमेली’, ‘सोरुङ्ग’, र थारु गीत ‘महिन रुवाइलो’ लगायतका थुप्रै गीतहरु चर्चित छन् ।
गीत सार्वजनिक भएको दुई दिनमा नै दर्शक माझ लोकप्रिय बन्दै गएको छ । भिडियोलाई हालसम्म तीन लाख १२ हजार पटक हेरिएको छ । साथै यस गीतमा टिकटक बनाउनेलाई दश हजार नगदसहित पुरस्कारको समेत व्यवस्था गरिएको गायक मनिस श्रेष्ठले बताएका छन् । टिकटक रिलमा भिउज, लााइक र कमेन्ट जसको धेरै आउँन्छ त्यसैको आधारमा पुरस्कार दिइने र एउटा म्यूजिक भिडियो पनि खेलाउने उनको भनाई छ ।
