राजनिती

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी रहेनन्

By अर्जुन भट्टराई

काठमाडौँ । काठमाडाैंकाे कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा मेयर नकर्मीको उपचारका क्रममा गए राति १०:४० बजे निधन भएको हाे ।


मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।

मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ ।  नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्‍टि गरिने बताइएकाे छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.