राजनिती

कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि चौधरी

By अर्जुन भट्टराई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनरत क्रसर व्यवसायीहरुको धर्नामा पुगेर ऐक्यवद्धता जनाउदै चौधरीले आवश्यक कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । आफ्नो कुर्सी जोगाउने खेलमा मात्रै सरकारको ध्यान रहेकाले धेरैका मागहरु अलपत्र अवस्थामा रहेको उनले बताए । सदनबाट पनि क्रसर व्यवसायीको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको जिकिर गर्नुभयो । चौधरीले आन्दोलनरत पक्षसंग वार्ता र छलफल सुरु गर्न पनि आग्रह गरे ।

क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नविकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ निरन्तर आन्दोलनमा छन् । उनीहरुले दुरी सम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टी सम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.