एजेन्सी । भाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएका छन् ।
कूल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्व विदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाउनुभएको देखिएको छ ।
पेलेग्रिनीले सन् २०१८ देखि २०२० सम्म स्लोभाकियाको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए भने कोर्कोकले २०२० देखि २०२२ सम्म देशको विदेश मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए ।
मार्च २३ मा भएको नौ जना उम्मेदवारहरू सम्मिलित पहिलो चरणको निर्वाचनमा कोर्कोकले ४२.५१ प्रतिशत र पेलेग्रिनीले ३७.०२ प्रतिशत मत पाएका थिए ।
स्लोभाकियाको राष्ट्रपति प्रत्यक्ष निर्वाचनमा छनोट हुने परम्परा रहेको छ । वर्तमान राष्ट्रपति जुजाना कापुटोभाको पाँच वर्षको कार्यकाल यही वर्षको जुन १५ मा सकिनेछ उनले यो निर्वाचनमा उम्मेदवारी दिएका थिएन ।
सम्बन्धित समाचारहरु:
सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
हाइटीमा ट्याङ्कर विस्फोट, २४ जनाको मृत्यु
भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी
इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकको मृत्यु
अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts