एजेन्सी । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।
काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।
श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।
काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।
सम्बन्धित समाचारहरु:
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
भारतको दूध उत्पादन विश्वमा सबैभन्दा बढी, गहुँ र चामलभन्दा पनि बढी : प्रधानमन्त्र...
ट्विटरको बोर्डमा सामेल नहुने भए टेस्लाका सीईओ एलोन मस्क
साठी लाख अफगानीलाई सहायता वितरण
तान्जानियामा भएकाे मुसलधारे वर्षाका कारण आएको बाढीबाट १ सय ५५ जनाको मृत्यु
आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts