टीकापुर । केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ ।
कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नैै मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार विद्यार्थी पुगेका छैनन् ।
सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम भरेका छन् । जम्मा ४० जना विद्यार्थीको कोटा भएकामा तीनजना सिटिइभिटीले पठाउने र अरू ३७ जना यतैबाट छान्नुपर्ने थियो तर त्योअनुसार पनि ११ जना विद्यार्थी अपुग देखिएका इन्स्टिच्युटले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माध...
पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
उपसभामुख रानाले भनिन्ः हरेक तहमा महिलाको प्रतिनिधित्व समान हुनुपर्छ
हेटौँडा सिमेन्टको उत्पादन शुरु गर्न अझै एक हप्ता लाग्ने
आज चार वटा संसदीय समितिको बैठक बस्दै
आज धन्तेरसः राष्ट्र बैंकमा असर्फी किन्नेको भिड
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
