काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् ।
यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनिसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने
जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्छु - उपाध्यक्ष सुवास नेम्वाङ
आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै
निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने
निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाई सकियो
महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार ह...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
