काठमाडौँ । संयुक्त टे«ड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरु समय सापेक्ष सुधार र संशोधन गरि प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरुको हक अधिकार स्थापीत गर्नका लागि आवश्यक ऐन कानूनहरुलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
केन्द्रले औधोगिक सम्बन्धलाइ सुमधुर बनाउन र ट्रेड युनियन गतिविधलाई संस्थान गर्न अनिर्वाय रुपमा सवै प्रतिष्ठानहरुमा सामूहिक सौदावाजी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ । सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकहरुलाई सामाजिक सुरक्षामा आवद्ध गराउन आगामी बजेटमा आवश्यक रकम बजेट विनियोजित गरि तत्काल कार्यानवयनमा ल्याउनुपर्ने संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जानकारी दिए । उनले बुधबार सवै दल निकट ट्रेड युनियनहरुले एकैस्थानमा श्रमिक दिवस मनाउने जानकारी दिए ।
काठमाडौंको भृकुटिमण्डपमा हुने कार्यक्रममा प्रधानमन्त्री लगाएतका अन्य दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचारहरु:
बागमती प्रदेशमा बहादुर सिंह लामाले आजै मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गर्ने
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता
आज १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिँदै
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री
हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्ः अध्यक्ष नेपाल
निर्वाचन आयोगको पत्रकार सम्मेलन LIVE
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts