काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी एकता महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।
पार्टीको भावी नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनको तेस्रो दिन आज बिहानैदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको थियाे । उम्मेदवारको नामावली १० बजे प्रकाशन गर्ने निर्वाचन तालिका छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।
साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ ।उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने तालिका छ । दिउँसाे ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिने निश्चित छ ।
सम्बन्धित समाचारहरु:
मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
उपराष्ट्रपति यादवले भनेः जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिग...
आज पनि काठमाडौंको बालुवाटारमा रास्वपाको प्रदर्शन
नदीजन्य वस्तु उत्खनन रोकिँदा विकास निर्माण प्रभावित
कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुग्यो - अध्यक्ष राजेन्...
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts