अर्थ

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । आज आइतवार साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैयरी तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आन चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोृला १० रुपैयाँले घटेको हो । यस दिन चाँदी एक हजार ७ सय ८५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.