भक्तपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विकासका गतिविधिलाई आवश्यकताका आधारमा अगाडि बढाउने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको कार्यालयमा बिहीबार साँझ भएको कांग्रेस नेताहरूबीचको छलफलका क्रममा उनले सार्वजनिक जग्गाको संरक्षण, सार्वजनिक सडक विस्तार गर्न र हनुमन्ते करिडोर निर्माणलाई पूर्णता दिन आवश्यक रहेको बताए । सरकारका कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले खोलाको २० मिटरको मापदण्डले भक्तपुरमा पार्ने असरबारे जानकारी लिएका थिए ।
त्यस अवसरमा सांसद दुर्लभ थापा, मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, कांग्रेस प्रदेशसभा क्षेत्रका सभापति एवं हनुमन्ते खोला करिडोर पीडित समितिका संयोजक ओमप्रकाश श्रेष्ठ, कांग्रेस मध्यपुरथिमिका नगर सभापति हरिदास प्रजापति, नेपाल किसान महासङ्घ भक्तपुरका अध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले खोलाको नयाँ थप २० मिटर मापदण्डले भक्तपुरवासीमा पार्ने नोक्सानी र हनुमन्ते करिडोर निर्माणले स्थानीय जग्गाधनीलाई पार्ने असरबारे उनलाई जानकारी गराएका थिए ।
भक्तपुरको समग्र विकास र योजनाका खाका ल्याउन आग्रह गर्दै बजेटका लागि आश्वयक व्यवस्थापन गर्ने उपप्रधानमन्त्री सिंहले बताए ।
सम्बन्धित समाचारहरु:
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
कांग्रेसले मकवानपुरबाट सुरु गर्यो स्थानीय तह निर्वाचनको समीक्षा
उम्मेद्वार केशव स्थापीत विवादमा तानिए
आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ - उपमहासचिव जगन्नाथ खतिवड...
एमाले महाधिवेशन विस्तारित कमिटी :निर्णय गर्ने अधिकारअध्यक्षमा केन्द्रित
कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ सकियाे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
