काठमाडौँ । संघीय संसद अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आजै बिहान साढे १० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दै छ ।
सम्बन्धित समाचारहरु:
ओलीले कांग्रेसलाई भने, भोलि उठी कहाँ जाने केही थाहा छैन
संसदीय छानबिन विशेष समिति गठनका लागि दलहरुबीच कार्यादेशका बिषयमा सहमति
कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि ...
सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला
राप्रपाले गर्यो सहायक महामन्त्रीसहित तीनजनालाई निलम्बन
संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न काँग्रेस माग
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
