म्याग्दीकाे बेनीमा विद्यालयकाे कक्षा कोठामा बाढी पस्याे
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा पुर्याएको क्षति । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ ।
