काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका छन् ।
युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले ६ वटा दलहरु सरकारमा रहेको र कुनै एक पार्टी अलग हुनेबितिकै सरकार अप्ठेरोमा पर्ने भएकाले कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा झण्डै दुर्घटना भएसकेको अवस्थामा प्रधानमन्त्री लचकता देखाएकै कारण आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेको उनले बताएका छन् । अध्यक्ष नेपालले सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको धारणा राखेका छन् । अहिले देश र जनताका लागि काम गरेर देखाउने बेला आएको भन्दै उहाले कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको बताएका छन् उनले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताएका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts