उत्साहपूर्वक ढंगले स्थानीय तह सदस्य निर्वाचन २०७९ दर्ता

सारांश :

निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जनाएको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिएका थिए । हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार अर्थात करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको उहाले बताउनुभयो । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताए ।

आयोगले निर्वाचन पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेको जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!