समाचार

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठद्धारा सहयोग हस्तान्तरण

By अर्जुन भट्टराई

काठमाडौँ । देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् ।

मंगलबार काठमाडौंको वीर अस्पताल पुगेर पत्रकार श्रेष्ठले पुरस्कारबापत प्राप्त एक लाख रुपैया मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले ८२ हजार रुपैया सहयोग गरेका थिए । करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद पत्रकार दियालीलाई सहयोग गरे ।

एकजना पत्रकारलाई दुख पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनाका साथ आफुले प्राप्त गरेको पुरस्कारबापतको रकम पत्रकार दियालीलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।

मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.