राजनिती

भौतिक पूर्वाधार विकासमन्त्री बने एमालेका यादव

By अर्जुन भट्टराई

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेकपा एमालेका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नवनियुक्त मन्त्री यादवले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री बनाएका हुन् ।

नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.