काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् ।
मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उनले कानुन विपरीत क्रियाकलाप हुन नदिने बताए । दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताए ।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता विस्तारमा जोड दिए ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए । आज ४५ जना दीक्षित भएका हुन् ।
सम्बन्धित समाचारहरु:
बाबुराम भट्टराईले भने : प्रधानमन्त्री दाहाल सत्ताका लागि मरिहत्ते गर्छन्
सिर्जना सिंहद्वारा महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक
राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन LIVE
विधेयक पारित भएपछि मात्र आयुक्त छनोट गर्न माग
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताक...
समयमै संसद बैठक सुरु नहुँदा समाजिक सन्जाल तात्यो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts