अर्थ

नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल

By अर्जुन भट्टराई

डा. चिरञ्जीवी नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।मंगलबार रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास व्यक्त गरे ।

उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको भन्दै अहिलेको अवस्थामा सवैले संयमता अपनाउनुपर्ने बताएका छन् । उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए । उनको अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा सामान्य भएको बताएका छन् । उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उनले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताएका छन् ।

पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिगत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँने पनि उनले बताए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.