राजनिती

ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गरि सरकारी सम्पती कौडीको भाउमा बेचे : उड्डयनमन्त्री प्रेमबहादुर आले

By अर्जुन भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिएको आरोप लगाएका छन् ।

बिहीबार छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताए । उनले आफु मन्त्री भएपछि सरकारी सम्पतीको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैया उठेको जिकिर गरे । त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राखे । उनले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरि चूनावी तयारी गर्न आग्रह गरे ।

उनले कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.