समाचार

उच्च शिक्षालाई गुणस्तरीय बनाउनु पर्छ -राष्ट्रपति विद्यादेवी भण्डारी

By अर्जुन भट्टराई

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ बिद्यार्थी उच्च शिक्षाका लागि बिदेश जाने गरेको भन्दै मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताएकी छिन् । नेपाललाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने गन्तव्य बनाउन गम्भीर हुनुपर्ने उनको भनाई छ । उनिले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरेकी छिन् ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि आवश्यक काम सरकारले गरेको जानकारी दिइन । शिक्षक सेवा आयोगलाई लोकसेवा जस्तै बलियो बनाउने र दरबन्दी बढाउने काम भइरहेको उनको भनाई छ ।

‘शिक्षा विकासमा सार्थक साझेदारी हिसानको योगदान र जिम्मेवारी’ मूल नाराका सुरु सम्मेलन शनिबारसम्म चल्ने छ । हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.