मकवानपुर । करिब दुई हप्ताअघि हेटौँडा सिमेन्ट उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएपछी सिमेन्टको उत्पादन शुरु गर्न अझै एक हप्ताको लाग्ने भएको छ ।
सो उद्योगले अहिले रकम जुटाएर कोइला खरिद गर्न बोलपत्र आह्वान गरी थप कोइला ल्याउने कार्य भइरहेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार उद्योगमा अहिले एक हजार आठ सय मेट्रिकटन कोइला रहेको छ । कोइला पर्याप्त ल्याइसकेपछि आगामी वैशाखको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन शुरु गर्ने तयारी भइरहेको पनि महाप्रबन्धक पाण्डेले बताएका छन् ।
हाल उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ चुनढुङ्गा धादिङका जोगीमारा, मकवानपुरको भैँसे खानीबाट दैनिक ढुवानी गरी ल्याइरहेको सो उद्योगका नायव महाप्रबन्धक नवीनकुमार कर्णले बताएका छन् ।
सम्बन्धित समाचारहरु:
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार ह...
स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा
यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च
सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, आज कति छ तोलाको ?
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
