काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
नेपाल न्यायसेवा तर्फको राजपत्राङ्कीत बिशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, याम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमश नायव महान्याधीवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकले वन दोश्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।
सम्बन्धित समाचारहरु:
एमाले सचिवालय बैठक बिहीबार बस्ने
तोसिमा कार्कीले भनिन्ः सरकारले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्य...
अध्यक्ष नेपालले दिए महाधिवेशन तयारीमा जुट्न निर्देशन
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts