बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक र त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए ।
दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
सम्बन्धित समाचारहरु:
चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारद्वारा मतदान
सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली
मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने
राष्ट्रसङ्घ दिवसमा हेलिकप्टरबाट पुष्प वर्षा गरिँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts