महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरणमा १०९ जनामाथि विशेष मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा १०९ जनामाथि विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

तत्कालिन नगर बिकास समितिले सरकारी सार्वजनिक सम्पतीको गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्धा दर्ता गरेको हो । २०६४ पुष ६ गतको निर्णयबाट ९ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा बितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगोदावीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जना उपर मुद्धा दायर गरेको अदालतका शाखा अधिकृत शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

त्यस्तै पल्टु राना तत्कालीन अध्यक्ष रहेको बेला ९ कर्मचारीलाई जग्गा बितरण गरिएको भन्दै तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जना उपर मुद्धा दायर गरिएको उनले बताएका छन् । त्यस्तै समितिको जग्गा गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अन्य ६२ जनामाथि पनि मुद्धा दर्ता भएको उनले बताए ।

यसअघि तत्कालिन समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो । स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले केहि बिघा मात्रै बाँकी रहेको अख्तियारको अनुसन्धानले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>