संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
समितिले सरकारले सिफारिस गरेको २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने क्रममा दुई जनामाथि भने गम्भीर प्रकृतिको उजुरी आएको भन्दै अध्ययन समिति बनाएको थियो । उजुरी अध्ययन गर्ने क्रममा कुनै औचित्य नदेखिएपछि मिश्र र रायको नाम अनुमोदन गरिएको सभापति कर्णले बताए ।
यसअघि समितिले बिभिन्न देशका लागि प्रस्तावित १८ राजदूतहरुको नाम अनुमोदन गरिसकेको छ ।
सम्बन्धित समाचारहरु:
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ७५० चालक कारबाहीमा
स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्र- अध्यक्ष केपी शर्मा ओली
१० वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला
सर्वसाधारणलाई सरकारी कार्यालयमा पार्किङका लागि सधैँ निषेध
अर्जुन दासको विभत्स हत्यामा संलग्न चार जना पक्राउ
नेकपा एमालेले भन्यो -महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत