हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही गर्नुपर्ने भन्दै युवाहरुद्वारा काठमाडौंमा प्रदर्शन

सारांश :

हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पीडितले नामनै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावाद लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी युवाहरुले घटनाको छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताएका थिए ।

बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत २०७१ सालमा भएको एक प्रतिपर्धात्मक कार्यक्रममा आफूलाई बलात्कार भएको बताएकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि दोषीलाई कारवाहीको माग उठिरहेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!