गहुँको भण्डारणको स्थिती अनिवार्य घोषणा गर्न भारत सरकारकाे निर्देशन

सारांश :

एजेन्सी । भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिती अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन् । अब गहुँको भण्डारण स्थिती साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।

सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यवसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिती घोषणा गर्न आग्रह गरेको हो । घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने रहेको विज्ञप्तिमा उल्लेख छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश जारी गरिसकेको छ ।

घोषणा अनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ । आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।

सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!