गण्डकी अस्पताल: आठ महिने गर्भवती घण्टौ लाइनमा

सारांश :

सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती हुनुहुन्छ। कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आउनुभएको हो। अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुग्नुभएको थियो । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उहाँलाई अहिलेको मिति दिइएको थियो। अस्पतालको करिडोरमा उभिरहनुभएकी उहाँको अघि र पछि अल्ट्रासाउण्ड गराउनेको लामो लाइन थियो। दुई घण्टा भन्दा बढी उभिएपछि बल्ल उहाँको पालो आयो। उहाँ भन्नुहुन्छ– ‘बिहान ९ बजे आइपुगेको होअझै लाइनमै छु। साह्रै गाह्रो भएको छ। यहाँ सकेर घर कतिबेला पुग्ने हो।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा मात्र ३ वटा अल्ट्रासाउण्ड मेसिन छ। अल्ट्रासाउण्ड गराउने ठाँउ पनि सानो छ। जसले गर्दा अल्ट्रासाउण्ड कोठाबाहिरको करिडोरमा बिरामीको भिड लाग्छ। अस्पतालमा दिनहुँ ४ सय बिरामीलाई अल्ट्रासाउण्ड गर्नुपर्ने आवश्यकता छ तर हाल २ सय ५० जना बिरामीको मात्र अल्ट्रासाउण्ड गर्ने क्षमता अस्पतालसँग छ। तीनजना डाक्टरलाई दैनिक यो संख्या पनि धेरै हो तर गण्डकी अस्पतालमा मेसिन र ठाउँ दुवैको अभाव छ।

अल्ट्रासाउण्ड मात्रै होइनपहिलेको क्षेत्रीय स्तर र हालको गण्डकी प्रदेशस्तरको यस अस्पतालमा बिरामीले  सिटिस्क्यान गर्न बाहिर निजी अस्पतालमा जानुपर्छ। सिटिस्क्यान गराउने कोठाको ढोकामा ताल्चा लगाइएको ७ वर्ष भन्दा बढी समय भइसकेको छ। पोखरा छोरेपाटनका रवि पहारीले दुर्घटनामा परेका आफ्ना दाईलाई भर्ना गराउनुभएको ८ दिन भयो। जति नै गम्भीर बिरामी भए पनि सिटिस्क्यानका लागि बिरामीलाई स्ट्रेचरमा राखेर प्राइभेट अस्पतालमा लैजानुपर्ने अवस्था छ। पहारीले भन्नुभयो– ‘यति ठूलो अस्पतालमा यी सुविधा भइदिए सजिलो हुने थियो। बाहिर लैजाँदा खर्च बढेको छ।’

बिरामीको छटपटि, घण्टौको लाइनमा

पोखराको पुरानो र व्यस्त सरकारी अस्पताल हो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)। दैनिक १ हजारदेखि १ हजार ८ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। २ सय ७ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा हाल ६ सय कर्मचारी कार्यरत छन् तर बिरामीको चाप अनुसारको कर्मचारी यहाँ छैन। यससँगै उपचारका लागि चाहिने अति आवश्यक सिटिस्क्यानएक्सरेअल्ट्रासाउण्डलगायतका मेसिन पनि अपुग छ। भिडियो एक्सरे गराउने कोठमा पुग्दा घण्टौ लाइन लागेर बसेका हुन्छन् बिरामी र बिरामीका कुरुवा। एक्सरे गराउने मेसिनबाट आउने विकिरणको नकारात्मक असरबाट बच्नका लागि अरु व्यक्ति कम्तीमा २ मिटर बस्नुपर्ने हुन्छ तर एक्सरे गर्न आउने बिरामीको भीडका कारण एक्सरे गर्ने कोठामै बिरामी लाइन लागेर बस्नुपर्ने अवस्था छ।

अस्पताल भित्र जुन सेवा लिन गयो त्यहाँ घण्टौ लाइन बस्नुपर्ने भएकाले एकैदिनमा हुने कामका लागि अर्को दिन थप समय लाग्ने गरेको बताउछन्– बिरामी कुरुवाहरू। बिरामी कुरुवा मध्येकी एक सूचना अधिकारी भन्नुहुन्छ– ‘बिमा भएकाले त्यसको टिकट लिन २३ घण्टा कुर्नपर्छडाक्टरलाई देखाउन अर्को १ घण्टा कुर्नपर्छफेरि अरु एक्सरे केही गर्नुपरे फेरि अर्को केही घण्टा लाइन बस्नुपर्छरिपोर्ट लिएर फेरि आएपछि डाक्टरलाई देखाउन अर्को घण्टा कुर्नुपर्छऔषधीका लागि अरु केही समय लाइनमा बस्नुपर्छ। अस्पतालमा जताततै लाइनै लाइन बस्नुपर्छ। यता बिरामी छटपटिरहेका हुन्छन्उता हामी घण्टौ लाइनमा बसेर बिरामी छटपटिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता छ।’

व्यवस्थित बनाउने प्रक्रियामा: निर्देशक

यता अस्पतालका निर्देशक प्रा. डा भरतबहादुर खत्रीलाई बिरामीले खेप्नुपरेको सास्तीबारे थाहा रहेछ। उहाँले अस्पतालको सेवासुविधालाई व्यवस्थित बनाउन काम भइरहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ– ‘हामीले टोकन सिस्टम ल्याएर पहिलेभन्दा अहिले धेरै व्यवस्थापन गर्‍यौ। यसबाहेक थप मेसिन र ठाउँका लागि प्रबलीकरणको काम भइरहेको छ।’

अस्पतालको सेवासुविधा सुधारका लागि प्रा.डा खत्रीले अस्पतालभित्रका केही क्षेत्रहरू औल्याउनुभयो। उहाँले पहिलो क्षेत्र अस्पतालमा ठाउँको अभाव रहेको र यसले गर्दा पर्याप्त रूपमा मेसिन राख्न तथा आउने बिरामीको भिडलाई व्यवस्थापन गर्न नसकिएकाले अस्पतालमा भित्र पर्याप्त ठाउँ बनाउन काम भइरहेको बताउनुभयो। उहाँले दोस्रो क्षेत्र अस्पतालमा जनशक्ति पनि कम रहेको बताउँदै थोरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने भएकाले कर्मचारीलाई पनि गाह्रो भएको बताउनुभयो। उहाँले भन्नुभयो ‘हाल अस्पतालमा १ सय तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७० जना गरी १ सय ७० जना नर्सले बिरामी धानेका छन्। जबकी अस्पतालमा बिरामीको संख्या हेरी ५ सय ८५ जना नर्सको आवश्यकता छ।’ यसका लागि उहाँले सम्बन्धित पक्षहरूसँग जनशक्ति बढाउन बारम्बर अनुरोध गरिरहेको बताउनुभयो।

उहाँले तेस्रो क्षेत्र अस्पताललाई डिजिटल रूपमा सञ्चालनमा ल्याउन कम्युटराइज्ड सफ्टवेयरको आवश्यकता रहेको बताउनुभयो। ‘यसका लागि हामी प्रक्रिया जाँदै गर्दा समस्याहरू आइरहेका छन्। हामी कम्युटराइज्ड डिजिटल प्रणालीमा जान सक्यौं भने टोकन लिनेदेखि अनलाइन पेयमेन्टसम्मको सबै काम सजिलो हुन्छ र यसले लाइनमा बस्नुपर्ने झन्झट हुँदैन।’

निर्देशक प्रा. डा खत्रीले अस्पतालमा पर्याप्त ठाउँ बनिसकेपछि अल्ट्रासाउण्ड तथा भिडियो एक्सरेका मेशिन थप्ने योजना रहेको सुनाउनुभयो। यो कहिलेसम्म तयार हुन्छ भन्ने विषयमा प्रा.डा. खत्रीले निश्चित उत्तर दिनसक्नुभएन। उहाँले भन्नुभयो– ‘मैले काम गर्छु भनेर अगाडि बढ्दा पनि कहिले प्रक्रियागत रूपमा त कहिले अन्य विविध कारणले ढिला हुन पुग्ने रहेछ।’

७ करोडको सिटिस्क्यान मेसिन कहिले आइपुग्छ ?

गण्डकी अस्पतालमा सिटिस्क्यान मेसिन नभएको ७ वर्षभन्दा बढी भइसक्यो। सिटिस्क्यान मेसिन पहिले पनि पटक पटक बिग्रिने समस्याहरू आइरहेका थिए। यतिका वर्षदेखि सिटिस्क्यान गर्नुपरे बिरामीका कुरुवालाई अस्पतालका कर्मचारी (डाक्टर)ले पोखरा अमरसिंहचोकको कालीगण्डकी डायगोनिस्टिक सेन्टरमा लैजान रिफर गर्दै आएका छन्। निर्देशक प्रा.डा खत्रीले आफू गत २०७८ सालमा नियुक्त भएर आइसकेपछि सिटिस्क्यान मेसिन ल्याउने कामलाई प्राथमिकता दिएको बताउनुभयो। यसका लागि बोलपत्र आह्वान गरेर बैकिङ प्रक्रिया सबै पूरा गरेर नेपालको हस्पिटेक इन्टरप्राइजेजले टेन्डर हात पारेको थियो।

अस्पतालमा फिलिप्स कम्पनीको सिटिस्क्यान ल्याउन लागिएको छ। यसको सर्तअनुरूप कम्पनीले ९० दिनभित्र अर्थात् गत वर्षको असोज महिनासम्म मेसिन ल्याउनुपर्ने थियो तर ७ महिना बितिसक्दा पनि मेसिन आइपुगेको छैन। उहाँले भन्नुभयो– ‘रसियायुक्रेन युद्धकोभिडजस्ता अनेक कारणले रोकिएको भनेर कम्पनीले हामीलाई जानकारी गराएको छ। ढिला गरेका कारणले हामीले कम्पनीलाई जति ढिला भयो त्यति नै दैनिक ३५ हजार जरिवाना लगाएका छौं। यस्तै हामीले किन्दा डलरको भाउ जति थियो त्यति नै राख्ने फेरबदल गर्न नपाउने भनेर सर्त पनि राखेका छौं। मेसिन अहिले भारतको कलकत्ता आइपुगिसकेको छ। त्यसैले पनि अब सिटिस्क्यान मेसिन चाडै नै अस्पतालमा आइपुग्छ भन्नेमा म ढुक्क छु।’

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!