आज चार वटा संसदीय समितिको बैठक बस्दै

सारांश :

काठमाडौँ । संघीय संसद अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ ।  बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आजै बिहान साढे १० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दै छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!