स्थानीय तहको निवार्चनको समिक्षा भएको र सबै नेताहरुले परिणामलाई सन्तोषजनक रुपमा लिएका छन् -सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

सारांश :

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालीकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडी बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा स्थानीय तहको निवार्चनको समिक्षा भएको र सबै नेताहरुले परिणामलाई सन्तोषजनक रुपमा लिएको बताएको जानकारी दिए । आगामी दिनमा राजनीतिक स्थीरता र बिकास तथा समृद्धिमा गठबन्धनको आवश्यकता रहेको र त्यसअनुसार अघि बढेर जाने सहमति भएको उनले बताए ।

उनले संघ र प्रदेशको निर्वाचन निर्धारित समयमा नै हुने र गठबन्धन कायमै रहने दावी गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!