काठमाण्डौ । साताकाे तेस्राे दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको हाे ।
यसअघि वैशाख ३ गते साेमबार नेप्से परिसूचक दुई हजार विन्दुमाथि थियाे । आज फाइनान्सबाहेक सबै समूहको सेयर बढेकोमा बिमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ ।
आज कर्पाेरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको सेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता सेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुंगा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भयो ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts