संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न

सारांश :

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको जानकारी दिइएको हो । महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणी प्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा लगायत निर्वाचित भएका छन् । इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नु पर्ने निर्णय गरेको छ। त्यस्तै, सस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुबिधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गर्ने समेत जनाएको छ । कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकहरुको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकहरुको वृत्ति विकासको लागि तालिमको ब्यवस्था गर्न, नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फाल्गुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष होमकुमार थापाले छैठौं गत जेठ १४ र १५ गते भएको महाधिवेशनले ४९ सदस्यिय कार्यसमिति ३ वर्षका लागि चयन गरेको जानकारी दिए ।

थापाले विधानत ६१ जनाको कार्यसमिति पुर्याउनु पर्ने भएकोले बाँकी पदहरु मनोनित गर्ने अधिकार अधिवेशनले नयाँ कार्यसमितिलाई दिएको सुनाए । ३३ प्रतिशत महिला र ५ प्रतिशत कर्मचारी अनिवार्य हुनुपर्ने विधानमा उल्लेखित भए अनुसार कार्यसमिति बनाइने उनको भनाई थियो । अध्यक्ष थापाले घोषणा पत्र वाचन गरेर सुनाएका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!