सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गरिने

सारांश :

सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेश्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम एक पटकका लागि पदावधि थप गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने निर्णय गरेको छ भने सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई लेवनान, सिरिया, अमेरिका लगाएतका देशमा भ्रमणमा जान स्वीकृति दिने निर्णय गरको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारीसदस्यमा प्रकाश बहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!