फेरी पनि प्रधानमन्त्री भएर देखाउन एमाले अध्यक्ष केपी ओलीलाई अध्यक्ष पुष्पकमल दाहालको चूनौति

शाराम्स

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तर्फबाट फेरी पनि प्रधानमन्त्री भएर देखाउन एमाले अध्यक्ष केपी ओलीलाई चूनौति दिएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै प्रचण्डले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।

उनले ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने र संसद् आएर सरकार र गठबन्धनले जबरजस्ती गर्यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको धारणा राखे ।

प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उनको भनाई छ । उनले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताए । प्रचण्डले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरेकै कारण त्यसको जवाफ निर्वाचनमार्फत जनताले दिएको जिकिर गरेका छन् । स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने नै अहिलेको मुख्य बिषय भएको उनले बताए । त्येस्तै प्रचण्डले संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताएका छन् ।

प्रचण्डले नीति तथा कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी गराए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!