सरकारले आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेश गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिनुभएको हो ।उनले खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने उनले बताएका छन् । त्यस्तै उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बिमा गरिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए ।
उनले बिद्यालयतहबाटै खेलको बिकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी गराए ।
सम्बन्धित समाचारहरु:
यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता
मेची भन्सारबाट चिया निर्यात ३६ प्रतिशतले बढ्यो
सरकारले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेको आइस्पानको आरोप
देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै