सरकारले आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेश गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिनुभएको हो ।उनले खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने उनले बताएका छन् । त्यस्तै उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बिमा गरिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए ।
उनले बिद्यालयतहबाटै खेलको बिकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी गराए ।
सम्बन्धित समाचारहरु:
पेस्तोलसहित काठमाडौँकाे रानीवनबाट एक युवा पक्राउ
दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
नेपालमा थप ७ जनामा कोरोना पुष्टि
स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग
गर्मीमा बरफ हालेको पानी पिउनुहुन्छ ? यसले तपाईंलाई धेरै समस्या निम्त्याउन सक्छ !
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु