कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चमा अटोमेशन कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल कानून व्यवसायी परिषदले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कार्कीले अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको र बजेटको पार्टमा फुल कोर्टले पनि पास गरसकेको भन्दै छिटै कार्यान्वयन हुने बताए । उनले अटोमेशनको कार्यान्वयन नहुँदासम्म गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अरु कुरामा विचार गर्न सक्ने पक्षमा नरहेको धारणा राखेका छन् ।
कार्कीले आफु नेतृत्वमा आउँदा मुद्दाको फर्छयौट बढेको र न्यायपालीकाको सुधार हुदै गएको दावी गरेका छन् । न्यायपालिकाकालाई समृद्ध रुपमा अगाडि बढाउनका लागि पैतिवद्ध रहेको उनको भनाई छ ।
उनले न्यायपालीकाको सुधारका लागि सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने धारणा राखे ।