आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शमाले पूर्वाधारमा उक्त रकम बिनियोजन गरिएको जानकारी दिए । उनले काठमाडौंको चार भञ्ज्याङ चार सुरुङ बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने बताए । सरकारले रेलवे र मेट्रो रेलका लागि ६ अर्ब र सडक मर्मत सम्भारका लागि ७ अर्ब विनियोजन गरेको छ । कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास सुरु गरिने जानकारी दिदै अर्थमन्त्री शर्माले कलंकी महाराजगञ्ज चक्रपथ विस्तारका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए । उनले नौबिसे मुग्लिन सडकका लागि १० अर्ब, मदन भण्डारी राजमार्गका लागि २ अर्ब , पूर्वपश्चिम राजमार्गका लागि ३० करोड र फास्ट ट्र्याकका लागि ३० अर्ब विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् ।
त्यस्तै उनले हुलाकी राजमार्गका लागि ६ अर्ब रुपैयाँ विनियोजन जानकारी दिएका छन् ।