सरकारद्वारा उर्जा क्षेत्र बिकासका लागि ७५ अर्व १० करोड बिनियोजन

सारांश :

सरकारले उर्जा क्षेत्र बिकासका लागि ७५ अर्व १० करोड बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम बिनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब विनियोजन गरिएको उनले बताए । आगामी दुई वर्षमा सबै घरमा विजुली पु¥याइने सरकारको लक्ष्य छ । त्यस्तै एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले जानकारी दिएका छन् । उनले बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी टुंगो लगाउने र स्रोत व्यवस्थापन गरिने जानकारी गराए ।

अर्थमन्त्री शर्माले विद्युत प्राधिकरणको सेयर जारी प्रक्रिया अघि बढाइने र त्यसरी प्राप्त रकम विद्युत आयोजनामा लगाइने जानकारी दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!