काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले श्रीहरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल प्रहरीको जनपथ समूह तर्फ प्रहरी नायव महानिरिक्षण किरण राणालाई प्रहरी अतिरिक्त महनिरिक्षक पदमा बढुवा गरि प्रदेश समन्वय विभागको प्रमुख पदमा पदस्थापना गर्ने निर्णय गरेको छ भने प्रहरीको प्राविधिक स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव महानिरिक्षक सुन्दरप्रसाद हैजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि नेपाल प्रहरी अस्पतालमा पदस्थापन गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता गुरुङले बताए ।
प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा भएकी राणा बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएकाले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेर एक दिन कार्यभार सम्हाल्ने भएकी छिन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts